राष्ट्रपतिको कदमको स्वागतमा युवा संघको र्‍याली



काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको स्वागत गर्दै एमाले निकट युवा संघले र्‍याली निकालेको छ ।

मंगलबार नेता महेश बस्नेतको अगुवाइमा राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ताहरूले नयाँ बानेश्वर क्षेत्रमा राष्ट्रपतिको समर्थन र्‍याली निकालेका थिए ।

संघीय संसद्का दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पुगेको विधेयक संविधानले दिएको १५ दिनभित्र प्रमाणीकरण नभएपछि अहले पक्ष र विपक्षमा बहस भइरहेको छ ।

तराईंका कतिपय जिल्लामा राष्ट्रपतिको कदमको बिरोधमा प्रदर्शन भएको छ भने सत्ता गठबन्धनले पनि राष्ट्रपतिको कदमको बिरोध गरेको छ ।


क्लिकमान्डु