लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक : बाबुराम भट्टराई



काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले लोकतन्त्रको डुंगालाई सबैले प्वाल पार्नु चिन्ताजनक भएको टिप्पणी गरेका छन् ।

मंगलबार मध्यरातमा ट्वीट गर्दै डा भट्टराईले इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक रहेको उल्लेख गरेका छन् ।

राष्ट्रपतिले संसदबाट२/२ चोटि पारित विधेयक प्रमाणीकरण गर्न आलटाल गर्नु, प्रधानन्यायाधीस महाभियोगमा पर्नु, दलहरू आसेपासे पोस्न लाग्नु, बैंक ब्याज बढाउनतिर लाग्नु आदि गम्भीर रहेको भन्दै उनले सबैलाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।


क्लिकमान्डु