सेयर बजार राताम्मे हुँदा यी हुन् कमाउने र गुमाउने कम्पनी



काठमाडौं । सेयर बजार राताम्मे भएको छ । कारोबारको सूरुदेखि गिरावट आएको बजार अन्तिम समयसम्म कायमै रहँदा बजारमा पहिरो गएको छ ।

यो दिनको कारोबारमा बजार ३८.८१ अंकले घटेर परिसूचक १८३७.६० बिन्दुमा रोकिएको छ । २३१ कम्पनीको ३८ लाख ५६ हजार ५३८ कित्ता सेयर १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७२२ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचक राताम्मे बनेका छन् । बैंकिङ समूहको उपसूचक २०.०४, विकास बैंक १०६.७६, वित्त कम्पनी ६०.२२, जलविद्युत ६९.४५, जीवन बीमा १५७.६१, उत्पादन तथा प्रशोधन ९७.९४, माइक्रोफाइनान्स १०४.१३, निर्जीबन बीमा समूहको उपसूचक ११९.३१ अंकले घटेको छ ।

यो दिन बजार राताम्मे हुँदा पनि स्वाभिमान लघुवित्त वित्तीय संस्था, एनएमबी–५०, आदर्श लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी, सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस्तै कालिका पावर कम्पनीको कारोबारमा भने नकारात्मक सर्किट लागेको छ ।

यस्तै बरुण हाईड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स, अपर सोलु हाईड्रोका लगानीकर्ताले गुमाएका छन् ।
कारोबार रकमका आधारमा हिमालयन डिस्ट्रिलरी कम्पनी अग्रस्थानमा रहेको छ ।

कम्पनीको ५ करोड ६५ लाख ३३ हजार ८२९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः रिडी पावर कम्पनी र नबिल बैंक रहेका छन् ।


क्लिकमान्डु