मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ करोड ८६ लाखबढी, डेबिट, क्रेडिट र प्रिपेड कार्ड कतिले लिए ?



काठमाडौं । विद्युतीय कारोबार बढ्दै जाँदा मोबाइल बैंकिङ, डेबिट, क्रेडिट र प्रिपेड कार्ड र इन्टरनेट बैंकिङका प्रयोगकर्ताको संख्या पनि बढ्दै गएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मोबाइल बैंकिङ प्रयोग गर्नेको संख्या १ करोड ८६ लाख ४३ हजार ८३४ पुगेको छ । यो संख्या वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीबाट मोबाइल बैंकिङ सेवा लिएकाहरुको हो ।

एक महिनाको अवधिमा मोबाइल बैंकिङ सेवा दिनेको संख्या ३ लाख ३६ हजार ५७९ ले बढेको छ । असार महिनामा यस्तो सेवा लिनेको संख्या १ करोड ८३ लाख ७ हजार २५५ रहेको थियो ।

१ करोड ८६ लाख ४३ हजार ८३४ ले मोबाइल बैंकिङ सेवा लिँदा वाणिज्य बैंकबाट मात्रै १ करोड ६३ लाख ४६ हजार ३९६ जना सेवाग्राहीले मोबाइल बैंकिङ सेवा लिएका छन् । यस्तै विकास बैंकबाट २१ लाख ९१ हजार १५ जना र वित्त कम्पनीहरुबाट १ लाख ६ हजार ४२३ जनाले मोबाइल बैंकिङ सेवा लिएका छन् ।

इन्टरनेट बैंकिङ प्रयोगकर्ताका संख्या १७ लाख ६ हजार ८६९ पुगेको छ । जसमा वाणिज्य बैंकबाट १२ लाख ९३ हजार ६६३, विकास बैंकबाट ४ लाख २ हजार ७०८ र वित्त कम्पनीका सेवाग्राहीले १० हजार ४९८ जनाले यस्तो सेवा लिएका छन् ।

राष्ट्र बैंककाअनुसार साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुले १ करोड १० लाख ८ हजार ९५० वटा डेबिट कार्ड जारी गरेका छन् ।

जसमा वाणिज्य बैंकका ग्राहकले १ करोड ४ लाख ८० हजार ८७१ वटा, विकास बैंकका ग्राहकले ५ लाख ५५ हजार २७९ र वित्त कम्पनीका ग्राहकले ४४ हजार ८०० वटा कार्ड लिएका छन् ।

राष्ट्र बैंककाअनुसार वाणिज्य बैंकले २ लाख ५० हजार ६१८ वटा क्रेडिट कार्ड जारी गरेका छन् । जसमा वाणिज्य बैंकका ग्राहकले २ लाख ५० हजार ६१२ र विकास बैंकका ग्राहकले ६ वटा कार्ड लिएका छन् ।

यस्तै साउन मसान्तसम्म १ लाख ८ हजार १९७ वटा प्रिपेड कार्ड जारी भएकामा वाणिज्य बैंकले १ लाख ७ हजार ११९ वटा रहेका छन् भने विकास बैंकले १ हजार ७८ वटा कार्ड जारी गरेका छन् ।


क्लिकमान्डु