कुलमान घिसिङलाई सरकारले सुकीर्तिमय राष्ट्रदीप पदक प्रदान गर्ने



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सुकीर्तिमय राष्ट्रदीप पदक दिइने भएको छ । संविधान दिवसको अवसरमा सरकारले घिसिङलाई कुकीर्तीमय राष्ट्रदीप पदक दिइने भएको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादवी भण्डारीले घोषणा गरेको नामवली अनुसार उनले यो पदक पाउने भएका हुन् । पदक भने १ वैशाखमा मात्रै प्रदान गरिने छ ।

घिसिङले लोडसेडिङ अन्त्यको लागि काम गरेको भन्दै प्रशंशा बटुलिरहेका छन् । उनी प्राधिकरणको कार्यकारी हुनुभन्दा अघि देशमा १६ घण्टा भन्दा लामो समय लोडसेडिङ हुने गरेको थियो ।


क्लिकमान्डु