हात्तीसारमा फेला पर्‍यो पुरिएको अवस्थामा टुकुचा



काठमाडौं । काठमाडौं महानगरपालिकाले टुकुचा खोला खोजीलाई निरन्तरता दिएको छ ।

यसैक्रममा महानगरले आइतबार हात्तीसार क्षेत्रमा टुकुचा खोजीका लागि डोजर चलाएको छ ।

करिब १०/१२ फिट खन्दा उक्त क्षेत्रमा इट्टाले बनाइएको नालाभित्र खोला बगिरहेको फेला परेको थियो ।

आइतबारै उच्च अदालतल पाटनले टुकुचा पुरेर बनाएका संरचना नहटाउन अन्तरिम आदेश जारी गरेको थियो ।


क्लिकमान्डु