सेयर कारोबारमा गिरावट, साढे दुई महिना अघिकै अवस्थामा फर्कियो बजार



काठमाडौं । असोज महिनाको पहिलो कारोबार दिन सेयर बजार राताम्मे बनेको छ ।

कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिम समयसम्म पनि कायमै रह्यो । जसले गर्दा बजार राताम्मे बन्यो । बजार मापन गर्ने सूचक ३३.९७ अंकले घटेर परिसूचक १८७६.४१ बिन्दुमा रोकिएको छ ।

बजारमा दोहोरो अंकको गिरावट आउँदा परिसूचक साढे दुई महिना अघिको अवस्थामा पुगेको छ । असार १० गते बजार १८६२.०६ बिन्दुमा रहेको थियो । त्यसपछि केही बढेको बजार करिब २२ सय बिन्दुसम्म पुगेको थियो । अहिले घटेको बजार साढे दुई महिना अघिको बिन्दुमा पुगेको छ ।

२२९ कम्पनीको ६२ लाख ९६ हजार ४४५ कित्ता सेयर १ अर्ब ६० करोड १८ लाख २२ हजार ९५४ रुपैयाँको सेयर किनबेच भएको छ ।

बैंकिङ समूहको उपसूचक १२.३३, विकास बैंक ९१.५७, जलविद्युत ६५.६९, जीवन बीमा २२१.८३, उत्पादन तथा प्रशोधन ७१.६४, माइक्रोफाइनान्स ७७.४३, निर्जीबन बीमा समूहको उपसूचक १२४.६१ अंकले घटेको छ ।

कारोबारमा ग्लोबल आइएमई समुन्नत स्किम–१ नेपाल ल्युब आयल, लक्ष्मी बैंक, आदर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने बलेफी हाईड्रोपावर, राप्ती हाईड्रो एण्ड जनरल कन्ट्रक्सन, दोर्दीखोला जलविद्युत कम्पनी, माउन्टेन हाईड्रोका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु