जबराबिरुद्धको महाअभियोग चुनावपछिको संसद्‌ले हेर्छ : बिडारी



काठमाडौंं । राष्ट्रिय सभाका पूर्वसदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाअभियोग प्रस्ताव निर्वाचनपछि आउने प्रतिनिधि सभाले हेर्ने बताएका छन् ।

आइतबार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै वरिष्ठ अधिवक्ता बिडारीले प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग प्रस्ताव मंसिर ४ गतेको निर्वाचनपछि आउने प्रतिनिधि सभाले हेर्ने बताएका हुन् ।

उनले संसद जीवित रहेको बताए । संसद भंग नभएको र अधिवेशन मात्रै अन्त्य भएको स्पष्ट भन्दै उनले आवश्यक परेमा संसदको अधिवेशन बोलाउन सकिने दाबी गरे ।

‘महाअभियोग राष्ट्रिय सभामा जाँदैन । त्यो प्रतिनिधि सभाले हेर्छ । अब आउने संसदले हेर्छ । आवश्यक पर्‍यो भने अहिले पनि संसद भंग भएको छैन । विघटन भएको छैन । यो संसद अहिलेपनि अधिवेशन अन्त्य भएको हो । त्यसकारणले यति कुरा पनि नबुझेको जस्तोगरी मान्छेले भुत्भुताउँछन् । अधिवेशन आवश्यक भयो भने त एक चौथाइले फेरी बोलाउन सक्छ । १५ दिनभित्र अधिवेशन बस्छ । त्यसकारणले त्यो गर्नुपनि परेन । अब अधिवेशन बस्दैन । अब आउने निर्वाचनबाट नयाँ आएको संसदले अब हेर्छ ’ उनले भने ।

वरिष्ठ अधिवक्ता बिडारीले नेकपा (एमाले) ले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबरालाई जोगाउनका लागि षड्यन्त्र गरिरहेको आरोप लगाए ।


क्लिकमान्डु