संस्थापक सेयरधनीबाट शतप्रतिशत सेयर पुँजी थप गर्ने प्रस्तावसहित आईएमई लाइफले बोलायो साधारणसभा



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले संस्थापक सेयरधनीबाट हाल कायम रहेको चुक्ता पुँजीको शतप्रतिशत बराबरको सेयर पुँजी थप गर्ने विशेष प्रस्ताव पारित गर्न असोज २६ गते पाँचौं साधारणसभा बोलाएको छ ।

बीमा समितिले २०७९ चैत मसान्तभित्र जीवन बीमा कम्पनीहरूलाई ५ अर्ब रूपैयाँ चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको छ । उक्त पुँजी कायम गर्न संस्थापक सेयरधनीबाट हाल कायम रहेको चुक्ता पुँजीको शतप्रतिशत बराबरको सेयर पुँजी पुनः थप गर्ने इन्स्योरेन्सले जनाएको छ ।

सभा लैनचौंर, बैङक्वेट्स, लैनचौर, काठमाडौं बिहान ११ बजेदेखि शुरू हुने कम्पनीले जनाएको छ । इन्स्योरेन्सको भदौं ३० गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति चयन गरेको हो ।

सभाले कम्पनीको प्रवन्धपत्र तथा नियमावलिमा संशोधन गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव अनुमोदन गर्ने भएको छ ।

यस्तै, सभाले सर्वसाधारणलाई छुट्टाईएको सेयर जारी गर्नेसम्बन्धी विशेष प्रस्ताव समेत पारित गर्ने छ ।

सभाले कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा प्रभावितहरूको उपचारका लागि गरिएको आर्थिक सहायतावापतको ७ लाख ५० हजार रूपैयाँ अनुमोदन गर्ने छ ।

सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह वितरण गर्ने लगायतका सामान्य प्रस्तावसमेत उक्त सभाले अनुमोदन गर्ने छ ।


क्लिकमान्डु