तातोपानी सुक्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापन गर्न समिति र ट्रान्स सिल्क टर्मिनलबीच सम्झौता



काठमाडौं । तातोपानी सुक्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापन गर्न नेपाल इन्टरमोडल यातायात विकास समिति र ट्रान्स सिल्क टर्मिनल प्रालिबीच सम्झौता भएको छ ।

काठमाडौं । तातोपानी सुक्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापन गर्न नेपाल इन्टरमोडल यातायात विकास समिति र ट्रान्स सिल्क टर्मिनल प्रालिबीच सम्झौता भएको छ ।

समितिले तातोपानी सुक्खा बन्दरगाह पाँच वर्षको लागि सञ्चालन तथा व्यवस्थापन गर्न ट्रान्स सिल्क टर्मिनलसँग सम्झौता गरेको हो ।

करार सम्झौताअनुसार कम्पनीले पाँच वर्षको लागि ११ करोड ७० लाख रुपैयाँ पट्टा वहाल रकम समितिलाई बुझाउने र नियमानुसार महशुल बाँडफाँड गरिने भएको छ ।

उक्त सुक्खा बन्दरगाह निजी क्षेत्रबाट सञ्चालन तथा व्यवस्थापन भएपछि सो सुक्खा बन्दरगाहमार्फत् हुने व्यापार चुस्त, छिटो छरितो र किफायति हुने छ भन्ने विश्वास समितिले लिएको छ ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सिन्धुपाल्चोकको लार्चामा निर्माण भएको तातोपानी सुख्खा बन्दरगाहको निर्माण कार्य सम्पन्न भई २०७६ असार १३ मा चिनीया पक्षबाट नेपाल इन्टरमोडल यातायात विकास समितिलाई औपचारिक रुपमा हस्तान्तरण भएको थियो ।

उक्त सुक्खा बन्दरगाह समितिलाई हस्तान्तरण भएपश्चात केही समय समितिबाट सञ्चालन तथा व्यवस्थापन भई मिति २०७६ पुस ।१६ गतेदेखि नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडबाट सञ्चालन तथा व्यवस्थापन गर्दै आएको थियो ।

उक्त सुक्खा बन्दरगाह निजी क्षेत्रबाट सञ्चालन तथा व्यवस्थापनको लागि टर्मिनल मेनेजमेन्ट कम्पनी छनौट गर्न समितिबाट अन्तराष्ट्रिय बोलपत्र आव्हानको सूचना प्रकाशन भएको थियो । सोही बोलपत्र आह्वानबाट प्राविधिक तथा आर्थिक प्रस्ताव मूल्याङ्कनबाट सबै भन्दा बढी अंक प्राप्त गरी ट्रान्स सिल्क टर्मिनल छनौट भएको समितिले जनाएको छ ।


क्लिकमान्डु