भारतीय व्यवसायी अडानी बने संसारकै दोस्रो धनी, कति पुग्यो सम्पत्ति ?



काठमाडौं– भारतीय व्यवसायी गौतम अडानी संसारकै दोस्रो धनी व्यक्ति बनेका छन् ।

फोर्ब्सकाअनुसार अडानीले अमेजोनका मालिक जेफ बेजोस र लुइस भिटनका मालिक बर्नाड अर्नल्टलाई उछिन्दै दोस्रो धनी व्यक्ति बनेका हुन् । हाल उनको सम्पत्ति १५४.७ बिलियन अमेरिकी डलर रहेको छ ।

गत महिना अडानीले विश्वभरको धनीहरुको सूचीमा तेस्रो स्थान बनाएका थिए । तर, अमेजोनका मालिक बेजोस र टेस्ला तथा स्पेस एक्सलगायतका कम्पनीका मालिक एलन मस्क उनीभन्दा अघि थिए । हाल बेजोसलाई पछि पार्दै अडानी दोस्रो नम्बरमा आएका छन् । विवश्वका सबैभन्दा धनी व्यक्तिमा भने मस्क नै रहेका छन् । उनको कुल सम्पत्ति २७३.५ बिलियन अमेरिकी डलर रहेको छ ।

अडानीको सम्पत्ति पछिल्लो समय २.८५ प्रतिशले बढेको छ । अडानी ग्रुपको पहिलो पुस्ताका व्यवसायी रहेका गौतम अडानीले पूर्वाधार, उत्खन्न, उर्जालगायतका विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।

पछिल्लो पाँच वर्षमा अडानी ग्रुपले एयरपोर्ट, सिमेन्ट, डाटा सेन्टर, ग्रिन हाइड्रोजन, पेट्रो केमिकल रिफाइनिङ, सडक तथा सोलर ब्याट्री उत्पादन लगायतका क्षेत्रमा अर्बौं लगानी गरेको छ ।

हाल अडानीले टेलिकम क्षेत्रमा प्रवेश गर्ने पनि योजना बनाइरहेको जनाइएको छ । अडानी ग्रुपले हाल ७० बिलियन बराबरको रकम हरित उर्जा पूर्वाधारको क्षेत्रमा लगनी गर्ने घोषणा पनि गरेको छ ।


क्लिकमान्डु