नदी खोज्ने बालेनको कामको प्रशंसा गर्दै पूर्वप्रधानमन्त्री बाबुरामले भने- फुटपाथ व्यापारीको व्यवस्थापन गर्नैपर्छ



काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं महानगरकाका मेयर बालेन्द्र शाह(बालेन) लाई स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालबाट पूर्वप्रधानमन्त्री भट्टराईले संसारभर स्वरोजगार श्रमिकहरु फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुने भएकाले निश्चित ठाउँ/सयम तोकेर तिनको व्यवस्थापन गर्न सुझाव दिएका हुन् ।

उनले महानगरले टुकुचा खोला खोज्न थालेकोमा प्रशंसा गरेका छन् ।

‘काठमाडौं मनपालाई व्यवस्थित गर्ने, मृतप्राय: बनेका नदीलाई पुनर्जीवन दिने आदी मेयर बालेन शाहका पहल प्रशंसनीय छन् ‘ भट्टराईले भनेका छन् ।

तर सार्वजनकि ठाउँमा व्यवसाय गर्न बाध्यहरुको व्यवस्थापन गर्नु पर्ने उनको भनाइ थियो । ‘फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ। तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउॅमा व्यवसाय गर्न बाध्य हुन्छन्!अतःनिश्चित ठाउॅ /समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ ।’


क्लिकमान्डु