डेढ दर्जन कम्पनीको लाभांश घोषणा, कुनको कति ?



काठमाडौं । चालु आर्थिक वर्ष शुरु भएयता १७ कम्पनीले लगानीकर्ता तथा इकाईधनीलाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्ने कम्पनीमा एउटा जलविद्युत कम्पनी, तीन वटा बीमा कम्पनी, तीन वटा क्यापिटल र बाँकी म्यूचुअल फण्ड रहेका छन् ।

लाभांश घोषणा गरेकामध्ये सानिमा माई हाइड्रोपावरले लगानीकर्तालाई बोनस सेयर नदिने भएको छ । कम्पनीले २०७८÷२०७९ को नाफाबाट ५.२६ प्रतिशत नगद लाभांश दिने भएको छ ।

त्यस्तै, नेशनल लाइफ इन्स्योसेन्सले आव २०७७\७८ मुनाफाबाट १५.७८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १५ प्रतिशत र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यस्तै एशियन लाइफ इन्स्योरेन्सले आव २०७७/७८ को मुनाफाबाट १५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १४.५० प्रतिशत र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

गुराँस लाइफ इन्स्योरेन्सले आव २०७६/७७ को नाफाबाट ७.४३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ७.४४ प्रतिशत र कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यस्तै सनराइज क्यापिटल फण्ड अन्तर्गतको सनराइज फस्ट म्युचुअल फण्डले इकाईधनीलाई १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । फण्डले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट करसहित १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

सानिमा इक्विटी फण्डले इकाईधनीलाई २२ प्रतिशत लाभांश घोषणा गरेको छ भने सानिमा क्यापिटलले १५.७८ प्रतिशत, लक्ष्मी इक्विटी फण्डले ५ प्रतिशत, एनआईसी एसिया क्यापिटलले ५५ प्रतिशत, लक्ष्मी उन्नति कोषले ५ प्रतिशत लाभांश दिने भएको छ ।

यस्तै एनएमबी हाईब्रिड फण्ड एल-१ ले २१.०५ प्रतिशत, एनएमबी-५० ले २१.०५, शिद्धार्थ इक्विटी फण्डले ९ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ ले १० प्रतिशत, कुमारी क्यापिटलले ५ प्रतिशत, एनआईबीएल प्रगति फण्डले ४.२ प्रतिशत र एनआईबीएल सहभागिता फण्डले ७.२ प्रतिशत लाभांश दिने भएका छन् ।

उक्त घोषणा गरिएको लाभांश सम्बन्धित कम्पनीका नियामकले स्वीकृत गरेर साधारणसभाले पारित गरेपछि मात्रै लगानीकर्ताले पाउँछन् ।


क्लिकमान्डु