
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना(साउन) मा महँगी ८.२६ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार गत वर्षको साउन भन्दा यो वर्ष महँगी दोब्बरले बढेको छ । गत वर्ष साउनमा ४.३५ प्रतिशतले महँगी बढेको थियो ।
सरकारले चालु आवमा ७ प्रतिशतको सीमाभित्र मूल्यवृद्धि नियन्त्रण गर्ने लक्ष्य लिएको छ । तर, आर्थिक वर्षको पहिलो महिनामै लक्ष्य भन्दा बढीले महँगी बढेको हो ।
सबैभन्दा कम महँगी हिमाली क्षेत्रमा बढेको छ । हिमाली क्षेत्रमा ६.६४ प्रतिशतले मूल्य बढेको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै काठमाडौं उपत्यकामा ७.३९ प्रतिशत, तराईमा ८.७२ प्रतिशत, पहाडमा ८.६४ प्रतिशतले महँगी बढेको हो ।
गत वर्ष हिमालमा ३.५८ प्रतिशत, काठमाडौंमा ३.७० प्रतिशत, तराईमा ४.११ प्रतिशत र पहाडमा ५.६३ प्रतिशतले मूल्य बढेको थियो ।
प्रतिक्रिया