चार दिने भ्रमण सकेर फर्किए चिनियाँ नेता ली



काठमाडौं । नेपालको चार दिने औपचारिक भ्रमण सकेर चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्शु स्वदेश फर्किएका छन् ।

उनलाई सभामुख अग्निप्रसाद सापकोटाले आज विहान ८ बजेर५० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा बिदाइ गरेका छन् ।

अध्यक्ष ली चान्शु सभामुख सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा यही भदौ २७ गते अपरान्ह नेपाल भ्रमणमा आएका थिए । उनलाई सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा स्वागत गरेका थिए ।

सोही दिन सापकोटा र अध्यक्ष लीबीच संघीय संसद भवनमा औपचारिक वार्ता गरेका थिए । वार्तापछि प्रतिनिधि सभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस (नेसनल पिपुल्स कंग्रेस) बीच अन्तरसंसदीय सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भइको थियो ।

लीले नेपालमा रहँदा राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष, नेकपा एमालेका अध्यक्षक केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्रीसँग भेटवार्ता गरेका थिए । उनले भक्तपुरको अवलोकन भ्रमणसमेत गरेका थिए ।


क्लिकमान्डु