सिक्लेस हाइड्रोपावरको आईपीओ निष्कासन, १ लाख कित्तासम्म आवेदन दिन सकिने



काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) निष्कासन भएको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले ११ करोड ५० लाख रुपैयाँको ११ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको छ । जसमा ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष, ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने बाँकी १० लाख ५८ हजार कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् ।

आईपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असोज १२ गतेसम्म आवेदन दिन सकिने छ ।

लगानीकर्ताले आईपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था, मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट रहेको छ ।


क्लिकमान्डु