चुनावको १५ दिन अघिबाट रक्सी बिक्री रोक्न प्रस्ताव



काठमाडौं । प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको १५ दिनअघि जाँडरक्सी बिक्री रोक्न प्रस्ताव गरिएको छ ।

निर्वाचनको प्रचार प्रसारको १५ दिन अवधिमा जाँडरक्सीको सार्वजनिक बिक्री रोक्न सांसदहरुले माग गरेका छन् ।

आगामी मंसिर ४ गतेका लागि तय भएको निर्वाचनका लागि आयोगले प्रचारप्रसाका लागि १५ दिन दिन लागेको छ र उक्त समयमा मदिराजन्य पदार्थको बिक्री बितरणमा रोक लगाउनु पर्ने सांसदहरुले माग गरेका हुन् ।

सोमबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा प्रदेश सभा र प्रतिनिधि सभा सदस्य चुनावमा महिला उम्मेदवारको सहभागिता विषयमा गरिएको छलफलका क्रममा माओवादी र एमालेका सांसदले यस्तो प्रस्ताव गरेका हुन् ।

ओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले १५ दिन मदिरा पूर्णता बन्द गर्न माग गरे । रक्सी खाएर कुटाकुट हुने गरेको उनको भनाइ छ ।

‘प्रचारको १५ दिन मदिरा पूर्णत बन्द गरौं । रक्सी खाएर कुटाकुट मात्रै हुन्छ । यसलाई रोक्न आवश्यक छ ‘ उनले भने ।

त्यस्तै एमाले सांसद विमला विकले चुनाव प्रचारको समयमा मदिरा बेचबिखनमा रोक लगाउन आवश्यक रहेको बताइन् ।

चुनाव प्रचारप्रसार व्यवस्थित गर्न र उम्मेदवारको निर्वाचन खर्च कम गर्नका लागि पनि १५ दिन मदिरा बेचबिखनमा रोक लगाउनु पर्ने उनको भनाइ थियो ।


क्लिकमान्डु