‘वर्ल्ड कम्युनिकेसन अवार्ड २०२२’को दुई विधामा सर्टलिष्ट भयो एनसेल




काठमाडौं । वर्ल्ड  कम्युनिकेसन अवार्ड २०२२ मा नेपाली दूरसञ्चार कम्पनी एनसेल दुई विधामा सर्टलिष्ट भएको छ । ‘कस्टुमर एक्सपिरिएन्स अवार्ड’ र ‘द सोसियल कन्ट्रिब्युसन अवार्ड’ विधामा सर्टलिस्ट भएको हो ।

अवार्ड विजेताको घोषणा नोभेम्बर १ मा गरिनेछ । सर्टलिस्ट भएका कम्पनीहरु वर्ल्ड कम्युनिकेसन अवार्ड (डब्लुसीए) विज्ञ निर्णायक टोलीले उक्त सर्टलिष्टमा छनौट गरेको हो । यो अवार्ड २१ विधामा प्रदान गरिने छ ।

गत वर्ष पनि एनसेल आजियाटा लिमिटेड यस अवार्डको दुई विधामा सम्मानित भएको थियो । गत वर्ष कम्पनीले ‘द सोसियल कन्ट्रिब्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’ प्राप्त गरेको थियो ।

यो अवार्ड टेलिकम कांग्रेसको एक कार्यक्रम हो । २४ वर्षदेखि वल्र्ड कम्युनिकेसन अवार्डले इनोभेसन र टेलिकम सेवा प्रदायकहरूलाई पहिचान गरेर सम्मान गर्दै आएको छ ।


क्लिकमान्डु