अर्थमन्त्रीले एडीबी उपाध्यक्षसँग सहुलियतूर्ण ऋण मागे



काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले एशियाली बिकास बैंकलार्इ नेपालको निजी क्षेत्रलाइ प्रोत्साहित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन छलफल गरेका छन् ।

एसियाली बिकास बैंकका उपाध्यक्ष अशोक लाभाषासँग कुराकानी गर्दै मन्त्रि शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउदा नेपालको ग्रामीण अर्थतन्त्रको बिकास हुने बताए।

ुनिजी क्षेत्र नेपालको आर्थिक उन्नतिको इन्जिन भएकाले सरकारले उक्त क्षेत्रको बिकासलाइ उच्च प्राथमिकतामा राखेको छ,ु उनले भने ।

उनले नेपाल २०२६ सम्ममा अतिकम बिकसित देशबाट स्तरोन्नति हुँदै गरेको हुनाले उक्त लक्ष हासिल गर्न निजी क्षेत्रको योगदान महत्वोपूर्ण हुने पनि बताए। उनले नेपालले जलवायु परिबर्तनमा कुनै योगदान नगरेपनि त्यसको मार भने खेपिरहेको बताउदै नेपालमा हरित अमोनिया, हाइड्रोजनजस्ता बैकल्पित उर्जा उद्योगमा सहयोग गर्न अनुरोध पनि गरे ।

उनले नेपालको ग्रामिण अर्थतन्त्रलाइ माथि उठाउन शिक्षा , स्वास्थ्य , खानेपानी पूर्वाधार क्षेत्र लगाएतमा लगानी आवश्यक भएकोले एशियाली बिकास बैंकको सहयोग अझै ब्रिक्री गर्न पनि उनले अनुरोध गरे। कोभिडको महामारीको बेला एसियाली बिकास बैंकले गरेको सहुलियतापूर्ण ऋण र अनुदान सहयोगहरुका लागि उनले धन्यबाद ए।

एशियाली बिकास बैकका उपध्यक्ष अशोक लाभाशाले एसियाली बिकास बैंकले नेपाल सरकार र नेपाली जनताको सहयोगका लागि सँधै हातेमालो गर्ने बताए । अर्थमन्त्री शर्माले दिएको मार्ग दर्शन अनुसार आफु नेपाल सरकार र निजी क्षेत्रलाइ सहयोग गर्न तयार रहेको बताए। उनले अर्को महिना फिलिपिन्सको मनिलामा हुने कार्यक्रममा अझ बढी छलफल गर्ने बताए।


क्लिकमान्डु