बेलायतकी महारानी एलिजाबेथ द्धितीयको निधन



एजेन्सी । बेलायतकी महारानी एलिजावेथ द्धितीयको निधन भएको छ । बेलायतमा ७० वर्षसम्म शासन गरेकी उनको ९६ वर्षको उमेरमा निधन भएको हो । बिहीबार दिउँसो स्कटल्याण्डको एस्टेटमा उनले अन्तिम सास लिएको बंकिङहम प्यालेसले विज्ञप्तीमार्फत जानकारी दिएको छ।

सन् १९५२ मा बेलायतको राजगद्दीमा बसेर राज गर्न थालेकी उनले आफ्नो शासनकालमा सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान दिएकी थिइन् । उनले आफ्नो शासनकालमा विश्वभर भएका थुप्रै सामाजिक परिवर्तनहरु देखेकी थिइन् । उनको जन्म २१ ऋप्रिल १९२६ मा भएको थियो ।

एलिजाबेथको निधनसँगै अब बेलायतको नयाँ राजाका रुपमा उनका जेठा छोरा चाल्र्स देखिनेछन् । बिहीबार आमाको निधनमा उनले परिवारका लागि सबैभन्दा दुःखको घडी भएको बताएका थिए । उनले भनेका थिए, ‘हामी एक लोकप्रिय शासक र एउटी निकै प्यारी आमाको निधनले शोकग्रस्त भएका छौं।’

एलिजावेथको कार्यकालमै दोस्रो विश्वयुद्ध भएको थियो । उनको कार्यकालमा बेलायमा १५ जना प्रधानमन्त्री भए ।

सन् ११४७ को नोभेम्बरमा फिलिपसँग एलिजावेथको बिबाह भएको थियो । सन् २०२१ म ९९ वर्षको उमेरमा फिलिपको निधन भएको थियो । आफ्ना श्रीमानको निधनपछि आफूलाई एक्लो महशुस गरेकी एलिजावेथको गयराती निधन भएको हो ।

बेलायतमा जननिर्वाचित प्रधानमन्त्रीले शासन गर्दै आएका छन् । राजतन्त्रलाई आलंकारिक र सम्मानित संस्थाको रुपमा सर्वसाधारणले सम्मान प्रकट गर्दै आएका छन् ।


क्लिकमान्डु