वैदेशिक रोजगारीमा गएका नेपालीलाई आइपीओमा १० प्रतिशत कोटा छुट्याइयो



काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीलाई १० प्रतिशत प्रारम्भिक सार्वजनिक निष्काशन ९आइपीओ० को व्यवस्था गरेको छ ।

सरकारले धितोपत्र तथा निष्काशन नियामवली २०७२ संशोधन गरी १० प्रतिशत कोटाको व्यवस्था गरेको हो ।

मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले धितोपत्र बोर्डले प्रस्ताव गरेको नियमावली स्वीकृत गरेको हो । नियामवली स्वीकृत भएसँगै आगामी दिनमा वैदेशिक रोजगारीमा गएका नेपालीले आइपीओमा १० प्रतिशत कोटा पाउने भएका छन् ।

सरकारले चालु आर्थिक वर्षको बजेटको बुँदा नम्बर ३३० मा वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई धितोपत्रको प्राथमिक निष्काशनमा १० प्रतिशत शेयर आरक्षित गर्ने व्यवस्था मिलाइएको थियो ।


क्लिकमान्डु