सेना, प्रहरी र समाजकल्याण परिषदलाई बहाल कर बुझाउन महानगरको १० दिने अल्टिमेटम



काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल आर्मीको केन्द्रीय कार्यालय, नेपाल प्रहरी केन्द्रीय र समाज कल्याण परिषदलाई १० दिन भित्र आफ्नो वडा कार्यालयमा गएर बहाल कर बुझाउन निर्देशन दिएको छ ।

१० दिन भित्र बहालकर नबुझाए राजस्व ऐन २०७५ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । महानगरपालिकाले बिहीबार तीनवटै निकायलाई पत्राचार गर्र्दै १० दिन भित्र कर तिर्न भनेको हो ।

महानगरपालिकाले जारी गरेको पत्रमा तीन वटै कार्यालयहरुले आफ्नो क्षेत्रभित्र बहालमा लगाई बहाल आम्दानी गरेको देखिएकाले काठमाडौं महानगरपालिकाको सम्बन्धित वडा कार्यालयमा बहाल कर बुझाउन पटक–पटक ताकेता हुँदै आएकामा हालसम्म पनि नबुझएको हुँदा तहाँको बहाल आम्दानीको विवरण सहित यस पत्र प्राप्त भएको मितिले १० (दश) दिनभित्र सम्वन्धित वडा कार्यालयमा गई नियमानुसारको बहाल कर र सो को जरिवाना सहित बुझाउनुहुन अनुरोध छ’ भन्ने उल्लेख छ ।


क्लिकमान्डु