अर्थमा बस्नेत र मैनाली भित्रिए, २ सहसचिव बाहिरिए



काठमाडौं । अर्थ मन्त्रालयबाट २ जना सहसचिवको सरूवा भएको छ । मन्त्रालय स्रोतका अनुसार अर्थबाट सहसचिवद्वय मुक्ति पाण्डे र महेश भट्टराई बाहिरिएका छन् ।

पाण्डे हाल सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख रहेका थिए । यस्तै भट्टराई भन्सार विभागको उप-महानिर्देशक रहेका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सह सचीवको सरूवा गरेको हो ।

पाण्डे र भट्टराई बाहिरिएसँगै अर्थमा दीर्घराज मैनाली, जितेन्द्र बस्नेतको सरूवा भएको छ । मैनाली प्रदेश १ को समाजीक विकास मन्त्रालयको सचिव छन् । यस्तै, बस्नेत सुदुरपश्चिम प्रदेशको अर्थ सचीव छन् ।


क्लिकमान्डु