कोरिया सरकारले दिने १ अर्ब सहायता स्वीकार गर्ने, यस्ता छन् मन्त्रिपरिषद्का २६ निर्णय



काठमाडौं । सरकारले नेपाल भारत वाणिज्य सचिव स्तरीय अन्तरसरकारी समिति र सहसचिव स्तरीय अन्तरसरकारी उससमितिको बैठकका लागि वार्ता टोली गणन गर्ने निर्णय गरेको छ ।

बुधबार मन्त्रिपरिषद्को बैठकमा भएका निर्णय सार्वजनिक गर्दै सञ्‍चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरियाको रोजगारीबाट फर्किएका श्रमिक कामदारहरूको स्थीर पुनः एकीकरण सम्बन्धी आयोजना सञ्चालनका लागि कोरियाबाट प्राप्त हुने ८ मिलियन अमेरिकी डलर साहयता स्वीकार गर्ने निर्णय गरेको छ ।

यी हुन् मन्त्रिपरिषद्को २६ निर्णयहरू

१) भदौं २७ र २८ गते सिंगापुरमा आयोजना हुने फ्याक्ट इन्टरपोल राउन्ड टेवलमा इन्गेजमेन्ट कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका सचिवलाई सहभागि हुन् स्वीकृत दिने

२) कार्तिक १८ देखि २१ गते सम्म भुटानको पारोमा आयोजना हुने जेन्डर इक्वालेटी एण्ड सोसल इक्वेजन फ्रेमवर्क विषयक सम्मेलनमा सहभागि हुन राष्ट्रिय योजना अयोगका सदस्य सोलुनी प्रधान सिहलाई स्वीकृत प्रदान गर्ने

३) नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भाद्र २० गतेदेखि २३ गतेसम्म जोर्डनमा आयोजना हुने कार्यक्रममा भाग लिन स्वीकृत दिने

४) कोरियाको रोजगारीबाट फर्किएका श्रमिक कामदारहरूको स्थीर पुनः एकीकरण सम्बन्धी आयोजना सञ्चालनका लागि गणतन्त्र कोरियाबाट प्राप्त हुने ८ मिलियन अमेरिकी डलर साहयता स्वीकार गर्ने

५) निजीकरण समितिको सदस्यमा श्री राजेन्द्र कुमार केसी र कृष्णलाल महर्जनलाई मनोनयन गर्ने

६) असोज १० गतेदेखि १४ गतेसम्म फिलिपिन्सको मनिलामा आयोजना हुने एसियाली विकास बैंकको बोर्ड अफ गर्भनर्सको ५५ वार्षीक बैठकमा भाग लिन अर्थमन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डललाई सहभागि हुन स्वीकृत दिने

७) नेपाल भारत वाणिज्य सचिव स्तरीय अन्तरसरकारी समिति र सहसचिव स्तरीय अन्तरसरकारी उससमितिको बैठकका लागि वार्ता टोली गणन गर्ने

८) कार्तिक १४ देखि १८ सम्म क्यानाडाको थर्ड फोर्थ मिटिङ अफ द पार्टीज अफ मन्ट्रीयल प्रोटोकल कार्यक्रममा नेपाल सरकारको तर्फबाट भाग लिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवलाई स्वीकृत दिने

९) खानेपानी मन्त्रालय अन्तर्गत सञ्चालित २० वटा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरू र अन्य १३ वटा आयोजनाहरूमा आर्थिक वर्ष २०७९/८० मा आवश्यक पर्ने राजपत्राकिंत तहको अस्थायी दरवन्दी स्वीकृत गर्ने

१०) स्पेन सरकारबाट अम्बिका श्रेष्ठ, अर्चना श्रेष्ठ , संगिता श्रेष्ठ, बसन्तकुमार चौधरी र प्रविण कुमार प्रधानलाई प्रदान गरिने पदक ग्रहण गर्न स्वीकृत दिने

११) असोज २७ देखि कार्तिक २ सम्म अमेरिकामा इन्टरनेसनल एसोसिएसन अफ चिफ अफ पुलिस कन्फ्रेन्स कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंह र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेललाई सहभागि हुन स्वीकृत दिने

१२) भारतीय विदेश सचिवको निमन्त्रणमा परराष्ट्र सचिव भरतराज पौडेलको नेतृत्वको प्रतिनिधि मण्डललाई २८ देखि २९ भदौं सम्म भारत भ्रमणका लागि स्वीकृत दिने

१३) सप्तरी जिल्ला हाल राजविजार नगरपालिका १३ वडास्थित सरकारी जग्गा मधेश कृषि विश्वविद्यालय सप्तरीलाई लिजमा उपलव्ध गराउन स्वीकृत दिने

१४) बालसुधार गृह भक्तपुर कास्की मोरङ र बाकेको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी न्यूनतम सुविधाविहीन बालबालिकाको लागि शैक्षिक कार्यक्रम यूसेफ नेपाललाई व्यवस्थापन करार गर्न स्वीकृत दिने

१५) भाद्र २७ देखि ३१ सम्म बेलजियको ब्रसेल्समा अयोाजना हुने युथ पोलिटिकल एण्ड सिभिल इगेज्मेन्ट समिट अफ द डेमोक्रेसीमा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर पौडेललाई सहभागि हुन स्वीकृत दिने

१६) राष्ट्रिय खेलकुद नियमावली २०७९ स्वीकृत गर्ने

१७) भाद्र २७ देखि २९ गतेसम्म सिनेगलमा हुने एलडीसी स्ट्राटेजी एण्ड एलडीसी मिनिस्ट्रीयल मिटिङ कार्यक्रममा वन तथा वातावरण मन्त्रीलाई सहभागि हुन स्वीकृत दिने

१८) मेची महाकाली विद्युतीय रेल मार्ग सिमरा बर्दिवास खण्ड निर्माणका लागि सर्लाही जिल्लाको राष्ट्रिय वनको ८ हेक्टर क्षेत्रफल प्रयोग गर्न स्वीकृत दिने

१९) नेपाल सरकार र अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सीबीच हुने कन्ट्र प्रोगाम फ्रेम वर्क २०२२ देखि २०२७ स्वीकृत गरि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीलाई नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अख्तियारी दिने

२०) असोज ७ देखि ११ सम्म अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सीको अष्ट्रिया भियनामा हुने कार्यक्रमहरूमा सहभागि हुन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने

२१) कार्तिक २८ देखि ३० गतेसम्म उजेकस्थानमा आयोजना हुने वल्र्ड कन्फ्रेन्स अन अर्लि चाइल्वुड कियर एण्ड एजुकेसन सम्बन्धी कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्रीलाई सहभागि हुन स्वीकृत दिने

२२) शहिद दशरथचन्द्र स्वास्थ शिक्षा प्रतिष्ठान सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती दिने

२३) नेदरल्याण्ड र वेल्जियममा असोज २४ गतेदेखि २८ गते सम्म सञ्चालन हुने इन्टरनेसनल स्टडी टुर अफ द युरोपीयन युनियन विषयक कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेधीलाई सहभागि हुन स्वीकृत दिने

२४) छेडागाड नगरपालिका जाजरकोट, मुडकेचुला गाउँपालिका रोल्पा र जगदुल्ला गाउँपालिका डोल्पाको केन्द्र परिवर्तन गर्न स्वीकृत दिने

२५) मलेसियाको राजधानी क्वलालमपुरमा असोज ४ देखि ७ गते सम्म अयोजना हुने ९ औं सिटी नेट अफ कंग्रेस सिटी अफ अल एक्टिभेटीङ एक्सेस फर अरवन ग्रोथ विषयक कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनलाई सहभागिताका लागि स्वीकृत प्रदान गर्ने

२६) स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत आर्थिक वर्ष २०७९/८० का लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न आवश्यक पर्ने विभिन्न अधिकृत तहको अस्थायी दरवन्दी स्वीकृत गर्ने


क्लिकमान्डु