ग्राहकको अनुमति लिएरमात्र भ्यालु एडेड सेवा नवीकरण गर्न दूरसञ्चार कम्पनीहरुलाई निर्देशन



काठमाडौं । ग्राहकको अनुमति लिएरमात्र भ्यालु एडेट सर्भिस (भास) नवीकरण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई दिर्नेशन दिएको छ ।

प्राधिकरणले सूचना जारी गर्दै दूरसञ्चार सेवा प्रदायकहरुले सञ्चालन गरेका भास भ्यालु एडेड सेवाको अवधि सकिन लागेको जानकारी उक्त सेवाका ग्राहकलाई समय सकिनु अगावै एसएमएसमार्फत जानकारी गराउन निर्देशन दिएको छ ।

त्यस्तै, सेवा नवीकरण गर्ने वा नगर्ने सम्बन्धमा एसएमएसमार्फत ग्राहकको प्रतिक्रिया माग गर्नु पर्ने र नवीकरण गर्न अनुरोध गर्ने ग्राहकका लागि सेवा प्रदायकको सेवा नवीकरण गर्ने व्यवस्था गर्न प्राधिकरणले निर्देशन दिएको छ ।

एसएमएसमार्फत नवीकरण नगर्ने जानकारी गराउने तथा कुनै प्रतिक्रिया नजनाउने ग्राहकहरुका लागि उक्त सेवा स्वतः नवीकरण नगर्न नगराउन निर्देशन दिएको छ ।

हाल सामाजिक संजालहरुमा प्राधिकरणले दिएको दिर्नेशन विपरित स्वतः नवीकरण हुने गरी भास सेवा सञ्चालन गरेको भन्ने गुनासो आएकाले कसैले पनि स्वतः नवीकरण हुने गरी भास सेवा संचालन नगर्न सूचनाजारी गरेको छ । त्यसो गरेको पाइएमा कानून बमोजिम कारवाही गर्ने पनि जानकारी गराएको छ ।


क्लिकमान्डु