भर्खरै आईपीओ निष्कासन गरेको मन्दाकिनी हाईड्रोकाे नाफा ९२.१७% ले बढ्यो



C

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको नाफा ९२.१७ प्रतिशतले बढेको छ ।

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ करोड ९० लाख ७६ हजार रुपैया नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ९२.१७ प्रतिशतले बढी हो ।

अघिल्लो आवको सोही अवधिमा कम्पनीले १ करोड ५१ लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले बिद्युत बिक्रीबाट हुने आम्दानी बढाएसँगै नाफामा पनि सुधार आएको छ । असार मसान्तसम्म बिद्युत बिक्री गरेर कम्पनीले ११ करोड ३६ लाख ८७ हजार रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिमा ९ करोड ६५ लाख रुपैयाँ रहेको थियो ।

यस्तै अन्य आम्दानी ३७ हजार २६९ रुपैयाँबाट बढेर १७ लाख ९० हजार ५७१ रुपैयाँ पुगेको छ । कम्पनीको जगेष कोषमा ३ करोड ७५ लाख १८ हजार रुपैयाँ रहेको छ ।

असार मसान्तसम्म प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३१ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ भने १०७ रुपैयाँ ८८ पैसा रहेको छ । कम्पनीले साउनमा सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको थियो ।


क्लिकमान्डु