राष्ट्रिय सभामा नागरिकता विधेयक माथिको छलफल सकिएन, शुक्रबार बैठक बस्ने



काठमाडौं । राष्ट्रपतिबाट पुनःविचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफल राष्ट्रिय सभाको अर्को बैठकमा पनि जारी रहने भएको छ ।

आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छलफलमा भाग लिन नाम उपलब्ध गराउने सांसदको बोल्नेक्रम नसकिएकाले राष्ट्रिय सभाको अर्को बैठकमा पनि छलफल जारी रहने जानकारी दिए । अर्को बैठक भदौ १७ गते शुक्रबार अपराह्न २: ५९ बजे बस्नेगरी आजका लागि स्थगित भएको छ ।

उक्त विधेयकमाथिको छलफलमा भाग लिएर सांसद जीतेन्द्रनारायण देवले प्रमुख प्रतिपक्षी दलले नागरिकता विधेयकका सन्दर्भमा राजनीति गरेको आरोप लगाए ।

अघिल्लो सरकारले अध्यादेश ल्याउँदा वैवाहिक अङ्गीकृत नागरिकताको विषय किन ल्याइएन भनी उनले प्रश्न गरे ।
उनले त्यसको जवाफ दिन पनि माग गरे । सांसद देवले अहिलेको विधेयक संविधानसम्मत रहेको बताए ।


क्लिकमान्डु