स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानले घोषणा गर्‍यो उम्मेदवार, काठमाडौं ५ मा ‘सिते बा’




काठमाडौं । टेलिसिरियल ‘सक्कि गो नि’ का कलाकार मधुसुदन पाठक ‘सिते बा’ प्रतिनिधि सभामा उम्मेदवार बन्ने भएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावमा उनी काठमाडौं क्षेत्र नम्बर ५ मा उम्मेदवार हुन लागेका छन् । आज ललितपुरमा आयोजित ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा कार्यक्रममा उनले आफू उम्मेदवार बन्ने बताए ।

काठमाडौं क्षेत्र नम्बर पाँचमा यसअघिको निर्वाचनमा नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निर्वाचित भएका थिए ।

लौरो अभियानले पाठकसँगै ई. रोहन कार्की- काठमाडौं- २, सुमन सायमी -काठमाडौं- ८, विद्या श्रेष्ठ महर्जन- काठमाडौं-९,
दर्‍हो स्तम्भ लोकेन्द्र- भक्तपुर-२,राजाराम तण्डुकार- ललितपुर-३, भिष्म राना- रुपन्देही-५ मा प्रतिनिधि सभा सदस्यलाई उम्मेदवार बनाउने भएको छ ।


क्लिकमान्डु