विद्युत् प्राधिकरणको अधिकृत पुँजी २ खर्ब पुग्यो



काठमाडौं । सरकारले विद्युत् प्राधिकरणको अधिकृत पुँजीलाई २ खर्ब बनाएको छ । अहिले विद्युत् प्राधिकरणको अधिकृत पुँजी १ खर्ब २५ अर्ब रुपैयाँ रहेको छ ।

प्राधिकरणको चुक्ता पुँजी १ खर्ब ६१ अर्ब रुपैयाँ रहेको छ ।

प्राधिकरणले गतवर्ष १६ अर्ब ९ करोड रुपैयाँ गरेको थियो । प्राधिकरणले आर्थिक वर्ष ०७८÷७९को वित्तीय विवरण (अपरिष्कृत) अनुसार वार्षिक आम्दानी १ खर्बभन्दा बढी गरेको जनाएको छ ।

ठूला करदाता कार्यालयका अनुसार गत आर्थिक वर्षमा विद्युत् प्राधिकरणले ३ अर्ब ९९ करोड रुपैयाँ कर बुझाएको छ । सरकारका कम्पनीमा नेपाल टेलिकमपछि बढी कर बुझाउने कम्पनीमा विद्युत् प्राधिकरण पर्छ ।

चालु आर्थिक वर्ष २०७९÷८०को पहिलो महिनामा झण्डै २ अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको गरेको छ । नेपाल विद्युत प्राधिकरणले चालु आवको साउन महिनामा १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत निर्यात गरेको छ ।

प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत साउनमा भारततर्फ निर्यात गरेको हो । विद्युत निर्यातबाट साउनमा औसतमा दैनिक ५ करोड ९३ लाख रुपैयाँ कमाउन प्राधिकरण सफल भएको छ ।

गत आव २०७८÷७९मा ३ अर्ब ८८ करोड रुपैयाँको विद्युत निर्यात भएको थियो । ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत निर्यात भइरहेको छ ।

गत आवमा प्राधिकरणको सौर्य प्लान्ट, माथिल्लो तामाकोशी र निजी क्षेत्रका जलविद्युत तथा सौर्य आयोजनाको कुल ७३५ मेगावाट विद्युत प्रणालीमा थप भएको थियो ।


क्लिकमान्डु