आयात प्रतिबन्ध लागेका वस्तुको एलसी नखुल्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले सरकारले आयातमा प्रतिबन्ध लगाएका वस्तुको एलसी नखुल्ने जनाएको छ ।

राष्ट्र बैंकले बिहीबार निर्देशन जारी गर्दै सरकारले पछिल्लो समय आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेका वस्तुको एलसी नखुल्ने जनाएको छ ।

सरकारले भदौ १३ गते मदिरा,गाडी लगायतका वस्तुमा लाग्दै आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको थियो ।


क्लिकमान्डु