राधी विद्युत कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने, कसले दिन पाउँछ आवेदन ?



काठमाडौं । राधी विद्युत कम्पनीले १ः१.७ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

असोज ५ देखि २५ गतेसम्म उक्त हकप्रद सेयरमा आवेदन दिन सकिने छ । हकप्रदमा आवेदन भने भदौ १० गतेसम्म कायम रहेका सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । कम्पनीले भदौ १२ गते बुक क्लोज गरिसकेको छ ।

यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । हकप्रद सेयरमा आवेदन दिनु परेमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका साथै राधी विद्युत कम्पनीको कार्याल, मुक्तिनाथ विकास बैंकको पोखरा, नागढुंगा, नारायणगढ, इटहरी, सुर्खेत, जनकपुर, नेपालगंज, धनगढी र लमजुङको बेसीशहर शाखाबाट दिन सकिन्छ ।

यस्तै सी-आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।


क्लिकमान्डु