बयानका लागि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा सिंहदरबारमा
काठमाडौं । निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा संसदको महाअभियोग सिफारिस समितिसमक्ष बयानका लागि सिंहदरबार पुगेका छन् ।
बुधवार सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा निलम्वित प्रधानन्यायाधीश जबरा बयानका लागि पुगेका हुन् ।
भाद्र ८ गते बसेको महाअभियोग सिफारिस समितिको बैठकले निलम्वित प्रधानन्यायाधीश राणालाई आज सोधपुछका लागि बोलाएको थियो । प्रधानन्यायाधीश जबरा सिंहदवार पुगेपनि समितिको बैठक भने अझै शुरु भएको छैन ।
समितिलाई राणामाथि लागेको आरोप पुष्टि हुनेगरी नेपाल बार एशोसिएशनले ३५ बुँदे प्रमाण महाअभियोग सिफारिस समितिमा बुझाइसकेको छ ।
प्रधानन्यायाधीश राणालाई संविधान र कानूनको गम्भीर उल्लंघन गरेको, भ्रष्टाचार र गैरकानूनी सम्पती आर्जन गरेको आरोप लागेको छ । प्रधानन्यायाधीश राणालाई गत फागुन १ गते सत्तारुढ दलका सांसदहरुले महाअभियोग प्रश्ताव संसदमा दर्ता गराएका थिए ।
संसदमा महाअभियोग दर्ता भएको ६ महिनापछि संसदले महाअभियोग छलफलको लागि समितिमा पठाएको थियो । नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागेको हो । गत १ फागुनमा सत्तारुढ दलले राणामाथि महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो ।