गाडी, बाइक, मदिरा र मोवाइलको आयातमा लगाइएको प्रतिवन्ध हटेन, अरुको खुल्ला



काठमाडौं । सरकारले ४ बस्तुको आयातमा लागाएको प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि प्रतिबन्ध लगाइएका मध्ये ४ वस्तुको आयात प्रतिबन्ध कायम गरेको हो ।

सरकारले गाडी, मोबाइल, मोटरसाइकल र रक्सी आयातमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिँदा अन्य बस्तुको आयातलाई खुल्ला गर्ने निर्णय गरेको हो ।

विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलनमा चाप परेको भन्दै सरकारले गत वैशाख १३ मा विभिन्न १० वस्तुको आयातमा रोक लगाउने निर्णय गरेको थियो ।

विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि सरकारले चार दर्जन बस्तुको आयातलाई निरुत्साहित गर्दै आएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ५४ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चितिले ६.९४ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ ।


क्लिकमान्डु