पिपुल्स पावरको आईपीओ बाँडफाँट, कसरी थाहा पाउने नतिजा ?



काठमाडौं । पिपुल्स पावरको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँट भएको छ ।

पिपुल्स पावरको आईपीओमा आवेदन दिएका १६ लाख ३१ हजार ३८ वटा मध्ये ४ हजार ५७२ वटा आवेदनका रद्ध भएका थिए ।

योग्य १५ लाख ५१ हजार ४१३ वटा मध्येबाट २ लाख २९ हजार ४ सय ६८ जनालाई न्यूनतम १० कित्ता र २ जनालाई थप १ कित्ता सेयर बाँडफाँट गरिएको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म निष्कासन गरेको सेयरमा २४ लाख ६७ हजार ४ सय कित्ता मध्ये सामुहिक लगानी कोषलाई १ लाख २३ हजार ३ सय ७० कित्ता, कर्मचारीलाई ४९ हजार ३ सय ४८ कित्ता छुट्याईएको थियो । बाँकी रहेको २२ लाख ९४ हजार ६ सय ८२ कित्ता सेयर सर्वसाधारणका लागि आवेदन खुला गरिएको थियो ।

आईपीओका नतिजा बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट, पिपुल्स पावरको वेबसाइट, मेरो सेयर र सिडिएससीले सेयरको नतिजा थाहा पाउन बनाएको वेबसाइटबाट थाहा पाउन सकिने छ ।


क्लिकमान्डु