सेयर बजार राताम्मे, इन्डेक्स डेढ महिना अघिकै अवस्थामा



काठमाडौं । सेयर बजारमा पहिरो गएको छ । आइतबार बजारमा भारी गिरावट आएको छ । बजार राताम्मे बन्दा कारोबार रकम भने केही बढेको छ ।

बजार मापन गर्ने सूचक ३३.३६ अंकले घटेर परिसूचक १९८९.२६ बिन्दुमा रोकिएको छ । करिब डेढ महिना पछि बजार २ हजार बिन्दु भन्दा तल झरेको छ । असार २९ गते बजार १९८६.८२ बिन्दुमा रोकिएको थियो । ३० गते बजार बढेर २००१.५३ बिन्दुमा पुगेको थियो । त्यसयता बजार २ हजार बिन्दु भन्दा तल झरेको थिए । डेढ महिनाको अवधिमा करिब २२ को बिन्दुमा पुग्न खोजेको बजार आइतबार १९८९.२६ बिन्दुमा रोकिएको छ ।

२२४ कम्पनीको ६१ लाख ४८ हजार ३४१ कित्ता सेयर २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसूचक राताम्मे बनेको छ । बैंकिङ समूहको १०.५२, विकास बैंक ९४.११, वित्त कम्पनी ६४.८८, जलविद्युत ८१.६२, जीवन बीमा ११४.८८, उत्पादन तथा प्रशोधन ६३.२३, माइक्रोफाइनान्स १०३.५३, निर्जीबन बीमा १६५.९४ अंकले घटेको छ ।

यो दिनको कारोबारमा राधी विद्युत कम्पनी, एनआईबीएल प्रगति फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का लगानीकर्ताले कमाएका छन् भने रु रु जलविद्युत परियोजनाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । अपर हेवाखोला हाईड्रोपावर, मदाङकीनि हाईड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक, बलेफी हाईड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा अरुण बाकेली पावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको १० करोड ३३ लाख ६१ हजार ९७४ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रोमा शिवम् सिमेन्ट र अपी पावर कम्पनी रहेका छन् ।


क्लिकमान्डु