अरुण काबेलीलाई १००% हकप्रद सेयर निष्कासन गर्न आयोगको स्वीकृति



काठमाडौं । विद्युत नियमन आयोगले अरुण काबेली पावर कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न पूर्व स्वीकृति दिएको छ ।

कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । आयोगले कम्पनीलाई १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न स्वीकृति दिएको हो ।

आयोगले हकप्रद सेयर निष्कासन पूर्व स्वीकृति दिएपनि धितोपत्र बोर्डबाट भने स्वीकृति पाइसकेको छैन । अब धितोत्र बोर्डमा आवेदन दिएर बोर्डले स्वीकृति दिएपछि कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने छ ।


क्लिकमान्डु