छुट्ला है खप्तड लघुवित्तको आईपीओमा आवेदन दिन



काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो ।

लगानीकर्ताले आज कार्यालय समयसम्म आईपीओमा आवेदन दिनुपर्ने छ । कम्पनीले भदौ ८ गतेदेखि १ करोड ३२ लाख रुपैयाँको १ लाख ३२ हजार कित्ता सेयर निष्कासन गरेको थियो । जसमा ६ हजार ६०० कित्ता सामूहिक लगानी कोष, २ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने बाँकी १ लाख २३ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १३ सय २० कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा सदस्य भएका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।


क्लिकमान्डु