सातामा सेयर बजार ४५.६४ अंकले घट्यो, अर्को साता के होला ?
काठमाडौं । यो साता सेयर लगानीकर्ता निरास बनेका छन् । यो साताको सुरुदेखि नै घटेको बजार शुक्रबारसम्म पनि कायमै रह्यो । यो साता बजार ४५.६४ अंकले घट्यो ।
अघिल्लो साता पनि बजारमा सुधारको संकेत देखिएको थिएन । यो साता पनि बजारले सुधारका संकेत लिएको छैन । सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको वित्तीय अवस्था जानकारी गराइसकेका छन् । केही कम्पनीहरुले त गत आर्थिक वर्षको मुनाफाबाट लाभांश पनि घोषणा गरिसकेका छन् । तै पनि बजारले सुधारका संकेत दिएको छैन ।
बजारमा सामान्य गिरावट कायमै छ । ६ दिनको कारोबारमा बजार ४५.६४ अंकले घटेर २०२२.६२ बिन्दुमा रोकिएको छ ।
गत साता बजार २०६८.२६ बिन्दुमा रहेको थियो । यो साता बजार बजार मंगलबार र बुधबार सामान्य अंकले बढेको भएपनि बाँकी कारोबार दिनमा भने घटेको छ । आइतबार २०६०.५५ बिन्दुमा रहेको बजार घटेर सोमबार २०५३.१३ बिन्दुमा रोकियो । आइतबार र सोमबार लगातार घटेको बजारमा मंगलबार भने केही सुधार देखिएको छ ।
मंगलबार बजार सामान्य अंकले बढेर २०५४.९८ बिन्दुमा रोकियो । मंगलबार सामान्य अंकले बढेको बजार बुधबार पनि कायमै रह्यो । बुधबार बजार २०५७.८४ बिन्दुमा पुगेको थियो । मंगलबार र बुधबार बढेको बजार बिहीबार र शुक्रबार भने राताम्मे बन्यो । बिहीबार बजार घटेर २०३९.५५ बिन्दुमा रोकिएको थियो । शुक्रबार पनि बजार १६.९३ अंकले घटेर २०२२.६२ बिन्दुमा रोकिएको छ ।
यो साता बजारमा दोहोरो अंकको गिरावट आउँदा कारोबार रकम पनि उल्लेख्य रुपमा बढ्न सकेको छैन । पछिल्लो केही साता बजारमा कारोबार रकम निकै न्यून देखिएको छ । केही समय यता बजार माग र आपुर्तीको अवस्था असन्तुलित बन्दै गएको छ ।
नेपाल राष्ट्र बैंकले १२ करोड भन्दा माथिको मार्जिन प्रकृतिको सेयरधितो कर्जा लिएका ऋणीलाई उक्त ऋण १२ करोडमा झार्न दिएको समय सीमा ८ गते सकिएको छ ।
राष्ट्र बैंकले एकीकृत निर्देशनमा भदौ ८ गते भित्र कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा १२ करोड कायम गर्न भनेको थियो ।
अहिले लगानीकर्ताले सेयर बेचेर, कसैले कोल्याटर राखेर भए पनि १२ करोडको सीमा कायम गरिको लगानीकर्ता बताँउछ् । त्यसले पनि बजारमा कुनै न कुनै रुपमा असर गरेको लगानीकर्ताको भनाइ छ । राष्ट्र बैंकले गरेको उक्त व्यवस्थाले अब सेयर बजारमा सप्लाई घट्दै जाने लगानीकर्ताको भनाइ छ ।
यसअघि ठूला लगानीकर्ताले लोन सेटल गर्न भए पनि सेयर बिक्री गरको र अब ठूलाको सप्लाई घट्ने सम्भावना रहेको लगानीकर्ताको बुझाइ छ । आगामी साताबाट बजारले क्रमैसँग सुधारको बाटो लिने अपेक्षा रहेको लगानीकर्ताको भनाइ छ ।