शिवम् सिमेन्ट्स लिमिटेडको विशेष साधारणसभा सम्पन्न



काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले विशेष साधारणसभा सम्पन्न गरेको छ । भदौ १० गतेका लागि बोलाइएको विशेष साधारणसभा अनामनगर स्थित कम्पनीको सभाहलमा सम्पन्न गरिएको हो ।

उक्त सभा कम्पनीका संचालक अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा बसी संचालक समितिको निर्णय बमोजिम सभा समक्ष प्रस्तुत गरिएका सबै विशेष प्रस्तावहरु पारित गर्दै विशेष साधारण सभा सम्पन्न भएको थियो ।

विशेष साधारण सभाबाट कम्पनीको प्रबन्ध पत्रको दफा ६ को खण्ड (ख) र (ग) तथा नियमावलीको नियम नं. २३, नियम नं. २५ को (५) नियम नं. २७ को (२), नियम नं. २९ र नियम नं. ३१ संशोधन गर्ने सम्बन्धि सबै विशेष प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएका छन् ।

उपरोक्त संशोधनपश्चात कम्पनीको संचालक समितिको संख्या ७ जनाबाट ६ जनाको कायम हुनुका साथै कम्पनी ऐन २०६३ को दफा ७३ बमोजिम ५१ प्रतिशत वा सो भन्दा बढी शेयरधनीहरुको उपस्थितिमा साधारणसभा संचालन गर्न सकिने गरी नियमावलीमा व्यवस्था गरिएको छ ।

सर्बसाधारणका लागि आईपीओ निष्काशन गर्ने पहिलो सिमेन्ट कम्पनी शिवम् सिमेन्टले उत्पादन समयदेखि नै आफ्नै चुनढुङ्गा खानीबाट ओपिसिमात्र उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।


क्लिकमान्डु