महालक्ष्मी विकास बैंकको महा बचत खाता सार्वजनिक



काठमाडौं । महालक्ष्मी विकास बैंकले उच्चतम व्याजदरको महालक्ष्मी महा बचत खाता सार्वजनिक गरेको छ ।

यस बचत खातामा बचत खाताहरु मध्ये सबैभन्दा उच्चतम ९ प्रतिशत व्याजदर, निशुल्क एटिएम कार्ड तथा मोवाइल बैकिङ सुविधा प्रदान गरिने कुरा बैंकले जनाएको छ ।

न्यूनतम मौज्दात ५०० मै खाता खोल्न सकिने यस बचत खातामा मासिक व्याज भुक्तानी हुने छ ।

विगत देखि नै ग्राहक महानुभावहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहकको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै महालक्ष्मी महा बचत खाता सञ्चालनमा ल्याएको हो ।

देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तीय सेवा प्रदान गरेको छ ।


क्लिकमान्डु