सेयर बजारमा सामान्य सुधार, दुई जलविद्युत कम्पनीको कारोबारमा सकारात्मक सर्किट



काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक २.८७ अंकले बढेर परिसूचक २०५७.८५ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.६० अंकले बढेर ३९८.२९ बिन्दुमा रोकिएको छ ।
बुधबार २२३ कम्पनीको ३६ लाख ७८ हजार ७०५ कित्ता सेयर १ अर्ब ५२ करोड ६१ लाख ८६ हजार २१८ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक २.५८, विकास बैंक ८.७०, जलविद्युत ११.६१, जीवन बीमा ६३.३१, माइक्रोफाइनान्स समूहको उपसूचक ९.५१ अंकले बढेको छ । यस्तै वित्त कम्पनी ५.४४, उत्पादन तथा प्रशोधन ९.४५, निर्जीबन बीमा १५.१७, अन्य ६.९१, ट्रेडिङ समूहको उपसूचक २२.२४ अंकले घटेको छ ।

यो दिन मदाङकिनी हाईड्रोपावर र अपर हेवाखोला हाईड्रोपावर कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमको आधारमा अरुण काबेली पावर कम्पनी अग्रस्थानमा रहेको छ ।

कम्पनीको १६ करोड ९२ लाख ६६ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रोमा अपी पावर कम्पनी र रिडी हाईड्रोपावर रहेका छन् ।


क्लिकमान्डु