धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँट, ५ जना बने भाग्यमानी



काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको छ ।

आईपीओमा आवेदन दिनेमध्ये ३० हजार ९२९ जनाले १० कित्ता सेयर हात पारेका छन् । त्यसमा पनि ५ जनाले थप १/१ कित्ताका दरले ११ कित्ता सेयर हात पारेका छन् । बाँकी आवेदकको हातखाली भएको छ ।

१८ लाख ६५ हजार ९२६ जनाले आवेदन दिएकामा १ हजार २८६ जनाको आवेदन रद्द भएको थियो ।

कम्पनीले । साउन २४ देखि २९ गतेसम्म ३ करोड ३१ लाख रुपैयाँको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गरेको थियो । जसमा १६ हजार ५५० कित्ता सामुहिक लगानी कोष, ५ हजार १५५ कित्ता सेयर कम्पनीका कर्मचारी बाँकी रहेको ३ लाख ९ हजार २९५ कित्ता सर्वसाधारणका लागि छुट्याईएको थियो ।

आईपीओका नजिता धौलागिरी लघुवित्तको वेबसाइट, बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट, सिडीएससीले आईपीओको नतिजा थाहा थाहा पाउन बनाएको वेबसाइट तथा मेरो सेयरबाट थाहा पाउन सकिने छ ।


क्लिकमान्डु