खप्तड लघुवित्तको आईपीओ निष्कासन, कति दिने आवेदन ?



काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गरेको छ । जसमा २ हजार कित्ता कम्पनीका कर्मचारी, ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याईएको छ बाँकी रहेको १ लाख २३ हजार ४०० कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओमा भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा भदौ २२ गतेसम्म आवेदन दिन सकिने छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार ३२० कित्तासम्म आवेदन दिन सकिने छ ।यसको विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने छ ।


क्लिकमान्डु