सेयर बजारसँगै घट्यो कारोबार रकम, २ हाईड्रोको कारोबारमा सकारात्मक सर्किट



काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचकमा सामान्य अंकको गिरावट आएको छ । बजारमा गिरावट आउँदा कारोबार रकममा समेत गिरावट आएको छ ।

बजार मापन गर्ने सूचक ७.३८ अंकले घटेर परिसूचक २०५३.१६ बिन्दुमा रोकिएको छ । बजारमा गिरावट आउँदा कारोबार रकम पनि घट्दै गएको छ । २२२ कम्पनीको ५२ लाख ३० हजार ७६३ कित्ता सेयर १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार ४३० रुपैयाँमा किनबेच भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.४७ अंकले घटेर ३९७.११ बिन्दुमा रोकिएको छ । कारोबारमा सबै समूहको उपसूचक राताम्मे बनेका छन् । बैंकिङ समूहको उपसूचक १.४८, विकास बैैंक २२.७६, जलविद्युत १६.७३, जीवन बीमा २.९५, उत्पादन तथा प्रशोधन ३२.२३, माइक्रोफाइनान्स १५.३३, निर्जीबन बीमा समूहको उपसूचक ४७.३३ अंकले घटेको छ ।

कारोबारमा अपर हेवाखोला हाइड्रोपावर र मदांकिनी हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा हिमाल दोलखा हाईड्रोपावर कम्पनी रहेको छ । कम्पनीको २८ करोड १८ लाख ७१ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा रिडी पावर कम्पनी, प्राइम बैंक रहेको छ ।


क्लिकमान्डु