सेबोनमा निवेदन दिएका प्राईभेट ईक्विटिलाई कागजात पेश गर्न निर्देशन, आध्यान्त अनुमति पाउने चरणमा



काठमाडौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले अहिलेसम्म २ वटा प्राईभेट ईक्विटी फन्डलाई सन्चालन अनुमति दिएको र बाँकीलाई तत्काल आवश्यक कागजात पेश गर्न आग्रह गरेका छन् ।

नेपाल स्टक एक्सचेन्जले आयोजना गरेको नेपालमा डेरिभेटिभ्स बजारको सम्भावना र चुनौती विषयक छलफल कार्यक्रममा उनले आवेदन दिएर लाइसेन्स नपाएका कम्पनीलाई छिटोभन्दा छिटो कागजात ल्याउन निर्देशन दिएका हुन् ।

अध्यक्ष हमालले आध्यान्त ईक्विटी फन्डले अनुमति पाउने चरणमा रहेको समेत जानकारी दिए ।

उनले आध्यान्तले आवश्यक कागजात पेश गरिसकेको र अनुमति पाउने अन्तिम चरणमा रहेको बताए ।

कार्यक्रममा अध्यक्ष हमालले भारतमा सेबीले डेरिभेटिभ बजारलाई गरेजस्तो अनुगमन गर्नका लागि सेबोनमा जनशक्ति, पूर्वाधार अभाव भएको बताए । सेबोनले थोरै जनशक्तिमा पनि सचेत भएर काम गर्न प्रतिबद्ध रहेको समेत उनको दाबी छ ।

हमालले बजार विकास गर्न एसएमइज प्लेटफर्म धेरै आवश्यक रहेको भन्दै तत्काल कार्यविधि बनाउने समेत बताए ।

हमालले ठूला तथा साना लगानिकर्ताको हितका लागि भन्दै आश्वा शुल्क घटाएको समेत जानकारी दिए । उनले अब आइपीओ भर्दा बैंकहरुले ५ रुपैयाँभन्दा बढी रकम लिन नपाउने जानकारी दिए । हाल बैंकहरुले निःशुल्कदेखि १०० रुपैयाँसम्म शुल्क लिँदै आएका थिए ।


क्लिकमान्डु