आइपीओ भर्दा बैंकहरुले ५ रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आइपीओ भर्दा ५ रुपैयाँभन्दा बढी आश्वा शुल्क लिन नपाउने निर्णय गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले आइपीओ भर्दा १०० रुपैयाँसम्म शुल्क लिँदै आएका थिए । यद्यपि केही बैंकहरुको शुल्कले भने निःशुल्क सेवा दिँदै आएका थिए

आइतबार बेलुका बसेको बार्डको सञ्चालक समितिको बैठकले आश्वा शुल्क अधिकतम ५ रुपैयाँभन्दा बढी लिन नपाउन गरी निर्णय गरेको हो । बैंक तथा वित्तीय संस्थाहरुले लिने शुल्कबाट १ रुपैयाँ सीडीएसी, १ प्रबन्धक कम्पनीलाई जान्छ भने बाँकी रकम बैंक आफैले राख्छ ।

‘धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थाहरु लगानीकर्ताप्रति उत्तरदायी बनुन भन्ने उद्देश्यले यो निर्णय गरिएको हो,’ सेबोन अध्यक्ष रमेश हमालले भने ।


क्लिकमान्डु