हाइड्रोपावरको बिजुली बिक्रीबाट हुने आम्दानी १०३% ले बढ्यो, धेरै हिस्सा तामाकोशीको



काठमाडौं । सञ्चालनमा रहेका जलविद्युत् कम्पनीले १९ अर्ब ९९ करोड २३ लाख ३१ हजार ६९७ रुपैयाँको विद्युत् बिक्री गरेका छन् । जुन अघिल्लो वर्षको असार मसान्तमा ९ अर्ब ८२ करोड ४९ लाख ७१९ रुपैयाँ थियो ।

एक वर्षको अवधिमा तीन दर्जन जलविद्युत कम्पनीले विद्युत बिक्री गरेर हुने आम्दानी १०३.४८ प्रतिशतले बढेको छ ।

बिजुली बिक्री गरेर गत असार मसान्तसम्म सबैभन्दा बढी आम्दानी गर्ने जलविद्युत् कम्पनीमा माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीले विद्युत् बिक्री गरेर ७ अर्ब १७ करोड ३५ लाख ८७ हजार ९१८ रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले विद्युत् उत्पादन शुरु गरेको पहिलो वर्ष नै विद्युत् बिक्री गरेर सबैभन्दा बढी रकम आम्दानी गरेको छ ।

अर्ब बढी रकमको बिजुली बिक्री गर्ने जलविद्युत कम्पनीमा तामाकोशीसहित ५ वटा रहेका छन् ।

तामाकोशीपछि बिजुली बिक्री गरेर धेरै रकम आर्जन गर्ने कम्पनीमा स्वेत गंगा हाइड्रोपावर रहेको छ । कम्पनीले १ अर्ब ७१ करोड ७४ करोड ८३ हजार ७८३ रुपैयाँ रहेको छ । बिजुली बिक्री गरेर धेरै रकम आर्जन गर्ने कम्पनीमा दोस्रो भएपछि अघिल्लो आवको तुलनामा यस्तो रकम घटेको छ । अघिल्लो आवको असार मसान्तसम्म २ अर्ब ४ करोड ४१ लाख ६५ हजार रुपैयाँ रहेको थियो । एक वर्षको अवधिमा कम्पनीको बिजुली बिक्री गरेर हुने आर्जन १५.९८ प्रतिशतले घटेको छ ।

माउन्टेन इनर्जीले बिजुली बिक्री गरेर हुने आय ६३३ प्रतिशतले बढाएर १ अर्ब २३ करोड ४४ लाख १६ हजार ३५२ रुपैयाँ पुर्याएको छ । जुन अघिल्लो आवको सोही अवधिमा १६ करोड ८२ लाख १६ लाख ३४८ रुपैयाँ रहेको थियो ।

यस्तै चिलिमे जलविद्युत् कम्पनीको बिजुली बिक्रीबाट हुने आम्दानी ४.७५ प्रतिशतले बढेर १ अर्ब १८ करोड १७ लाख ४० हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा १ अर्ब १२ करोड ८० लाख ५२ हजार रुपैयाँ रहेको थियो । बिजुली बिक्री गरेर एक अर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्ने रिडी पावर कम्पनीले १ अर्ब १ करोड ६ लाख १० हजार ६७५ रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको असार मसान्तको तुलनामा ४६५ प्रतिशतले बढी हो । उक्त अवधिमा १७ करोड ८७ लाख ५७ हजार ५१९ रुपैयाँ रहेको थियो ।

कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार असार मसान्तसम्म ५ वटा कम्पनीको मात्रै बिजुली बिक्रीबाट हुने आम्दानी घटेको छ । जसमा खानी खोला, युनाइटेड मोदी हाइड्रो, मैलुङ खोला, मलेम्दी हाइड्रो र स्वेत गंगा हाइड्रो रहेका छन् ।

खानी खोलाको बिजुली बिक्री गरेर हुने आम्दानी ६९.३१ प्रतिशतले घटेर १५ करोड ६५ लाख ८४ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिमा ५१ करोड २ लाख ७१ हजार रुपैयाँ रहेको थियो ।

यस्तै युनाइटेड मोदी हाइड्रोको बिजुली बिक्रीबाट हुने आय ११.९२ प्रतिशतले घटेर २५ करोड ३९ लाख ६० हजारमा सिमित भएको छ । अघिल्लो आवको असार मसान्तसम्म २८ करोड ८३ लाख २९ हजार रहेको थियो ।

घलेम्दीको बिजुली बिक्रीबाट हुने आय ०.६१ प्रतिशतले घटेर २ करोड ६२ लाख ४५ हजार ६५८ रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा २ करोड ६४ लाख ८ हजार रुपैयाँ रहेको थियो । बाँकी कम्पनीको बिजुली बिक्रीबाट हुने आय बढेको छ । ६ वटा कम्पनीले गत वर्षबाट विद्युत् उत्पादन शुरु गरेका छन् ।


क्लिकमान्डु