जलविद्युत् कम्पनीहरुको नाफा २४.७८ प्रतिशतले बढ्यो, कुनको कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत करिब ५ दर्जन जलविद्युत् कम्पनीमध्ये २९ वटा कम्पनीको नाफा २४.७८ प्रतिशतले वृद्धि भएको छ । यद्यपि यी कम्पनीमध्ये पनि केही कम्पनीको नाफा भने घटेको छ ।

गत आवमा ती कम्पनीको कुल नाफा ५ अर्ब २ करोड ५१ लाख ३३ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवमा ४ अर्ब २ करोड ७१ लाख लाख ३८ हजार रुपैयाँमा सीमित थियो ।

गत आवमा जलविद्युत् कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १०३.४८ प्रतिशतले बढेको छ ।

अघिल्लो आवको असार मसान्तमा कम्पनीहरुले बिद्युत बिक्री गरेर ९ अर्ब ८२ करोड ४९ लाख रुपैयाँ आर्जन गरेका थिए । गत आवको सोही अवधिमा आइपुग्दा कम्पनीहरुले विद्युत बिक्री गरेर १९ अर्ब ९९ करोड २३ लाख ३६ हजार रुपैयाँ आर्जन गरेका छन् । जसको प्रत्यक्ष प्रभाव नाफामा देखिएको छ ।

गत आवमा सबैभन्दा बढी नाफा आर्जन गर्ने जलविद्युत् कम्पनीमा चिलिमे जलविद्युत् कम्पनी छ । कम्पनीले गत आवमा ७६ करोड ७८ लाख ८६ हजार रुपैयाँ आर्जन गरेको छ ।

अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा ६६ करोड ८१ लाख ६१ हजार रुपैयाँ रहेको थियो । एक वर्षको अवधिमा कम्पनीको नाफा १४.९२ प्रतिशतले बढेको छ ।

यस्तै साहस उर्जाले एक वर्षको अवधिमा नाफा २९.७८ प्रतिशतले बढाएर ७१ करोड ५३ लाख २६ हजार रुपैयाँ पुर्याएको छ । जुन अघिल्लो आवको सोही अवधिमा ५५ करोड ११ लाख ६२ हजार रुपैयाँ थियो ।

माउन्टेन इनर्जीको नाफा एक वर्षमा ४४५.९३ प्रतिशतले बढेर ६१ करोड ११ लाख २१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ११ करोड १९ लाख ३९ हजार रुपैयाँ रहेको थियो ।

रिडी पावर कम्पनीले ५४ करोड ४४ लाख ५७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष कम्पनीले नाफामा छलाङ मारेको छ । एक वर्षको अवधिमा कम्पनीको नाफा ६४७.०४ प्रतिशतले बढेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा ७ करोड २६ लाख ८१ हजार रुपैयाँ थियो ।

सानिमा माई हाइड्रोपावरको पनि नाफामा राम्रो सुधार देखिएको छ । एक वर्षको अवधिमा कम्पनीको नाफा ३२.९८ प्रतिशतले बढेर ५४ करोड ५ लाख ३७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ४० करोड ६४ लाख ७६ हजार रुपैयाँ रहेको थियो ।

पाँचथर पावर कम्पनीको नाफा पनि ३२८.६७ प्रतिशतले बढेर १६ करोड १० लाख ९१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ३ करोड ७५ लाख ७९ हजार रुपैयाँ थियो ।

असार मसान्तसम्म अपी पावर कम्पनीले १४ करोड १० लाख १८ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा १२ करोड ६० लाख ७४ हजार रुपैयाँ रहेको थियो ।

अरुण भ्यालीको नाफा १५.६७ प्रतिशतले बढेर ८ करोड ९९ लाख ६६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ७ करोड ७७ लाख ७४ हजार रुपैयाँ थियो ।

बरुण हाइड्रोपावरको नाफा २५ लाख ११ हजार रुपैयाँबाट ४१.५४ प्रतिशतले बढेर ३ करोड ५५ लाख ४८ हजार रुपैयाँ पुगेको छ ।

यस्तै आँखु खोला जलविद्युत कम्पनीको नाफा २२५७.९९ प्रतिशतले बढेृर २ करोड ४८ लाख १३ हजार रुपैयाँ नाफा आर्जन भएको छ । अघिल्लो आवको सोही अवधिमा १० लाख ५२ हजार रुपैयाँ रहेको थियो ।

रुरु जलविद्युत परियोजनाको नाफा पनि ३०.५२ प्रतिशतले बढेर ९ करोड ३० लाख ९० हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ७ करोड १३ लाख १७ हजार रुपैयाँ रहेको छ ।

माउन्टेन हाईड्रोले नाफा ६७७.७३ प्रतिशतले बढाएर १४ करोड ४७ लाख ५२ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा १ करोड ८६ लाख १२ हजार रुपैयाँ रहेको थियो ।
विन्धाबासिनी हाइड्रोपावरको नाफा ६०.६५ प्रतिशतले बढेर १३ करोड ६ लाख १० हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ८ करोड १३ लाख रुपैयाँ रहेको थियो ।

अपर सोलु हाईड्रोको नाफा १.९९ प्रतिशतले बढेर ४ करोड ३७ लाख ४० हजार रुपैयाँ पुगेको छ । युनियन हाईड्रोको नाफा २९४.५१ प्रतिशतले बढेर ३ करोड १३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस्तै नेपाल हाइड्रो डेभलपरको नाफा १२२ प्रतिशतले बढेर ३ करोड ३० लाख २७ हजार रुपैयाँ छ ।

जलविद्युत कम्पनीको नाफा औषतमा २५.८० प्रतिशतले बढेको भएपनि ११ वटा कम्पनीको नाफा घटेको छ ।

नाफा घटेका जलविद्युत कम्पनीका राधी विद्युत् कम्पनी, कालिका पावर, खानी खोला, सिनर्जी पावर, युनाइटेड मोटी हाइड्रो, बुटवल पावर, अरुण काबेली, न्यादी हाइड्रो डेभलपर, दोर्दी खोला, सिईडीबी हाइड्रो, युनिभर्सल पावर, न्यादी हाइड्रोपावरको नाफा घटेको हो ।

राधी विद्युत कम्पनीको नाफा १७.०९ प्रतिशतले घटेर ५ करोड ९ लाख ४६ हजार रुपैयाँमा सीमित भएको छ ।

यस्तै कालिका पावर कम्पनीको नाफा १.०४ प्रतिशतले घटेर ८ करोड ८ लाख ७१ हजार रुपैयाँ छ ।

यस्तै खानी खोलाको नाफा ९८.०८ प्रतिशले घटेर ६३ लाख ६४ हजार रुपैयाँमा सिमित भएको छ भने यूनाइटेड मोदी हाईड्रोको नाफा ७६.९८ प्रतिशतले घटेर १ करोड ४७ लाख ३३ हजार रुपैयाँ रहेको छ भने मैलुङ खोलाको नाफा ३९.६६ प्रतिशतले घटेर १ करोड ६६ लाख ७ हजार रुपैयाँमा सिमित बनेको छ ।

बुटवल पावर कम्पनीको नाफा ४७.४० प्रतिशतले घटेर २६ करोड ३९ लाख ४१ हजार, अरुण काबेलीको नाफा १३.८८ प्रतिशतले घटेर २४ करोड ९५ लाख ४१ हजार, न्यादी हाईड्रोपावरको नाफा १६२.३५ प्रतिशतले घटेर १ करोड ३७ लाख, दोर्दी हाईड्रोको नाफा ४९.४१ प्रतिशतले घटेर ३ लाख ६६ हजार, सिइडीबी हाईड्रोको नाफा २९.८६ प्रतिशतले घटेर ११ करोड ३२ लाख ३३ हजार, युनिभर्सल पावर कम्पनीको नाफा ५९.०९ प्रतिशतले घटेर १ करोड ३६ लाख ७८ हजार रुपैयाँ छ ।

दर्जन कम्पनी अझै नोक्सानमा
गत आर्थिक वर्षको वित्तीय अवस्था सार्वजनिक गरेका जलविद्युत कम्पनीमा १३ वटाको नाफा घटेको छ । जसमा सिंगटी हाईड्रो भने नयाँ कम्पनी हो उक्त कम्पनी असार मसान्तसम्म ४ करोड ५१ लाख २० हजार ९६६ रुपैयाँ ऋणात्मक रहेको छ ।

सबैभन्दा बढी नोक्सानीमा अपर तामाकोशी जलविद्युत कम्पनी छ । कम्पनीको नोक्सानी ५ करोड ३४ लाख ३ हजार रुपैयाँबाट बढेर १ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।

यस्तै छ्याङदी हाइड्रोको नोक्सानी १ करोड २ लाख ८८ हजार रुपैयाँबाट बढेर २ करोड ५४ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।

घलेम्दी हाईड्रोको नाफा २ करोड ४६ लाख ८१ हजार रुपैयाँबाट बढेर ३ करोड ६० लाख २० हजार पुगेको छ भने मध्ये भोटेकोशीको नोक्सानी १ करोड ५४ लाख ९३ हजार, रसुवागढीको नोक्सानी ५२ हजार ३४६ रुपैयाँ, स्वेत गंगा हाइड्रोको नोक्सानी २ करोड ३२ लाख ९३ हजार, हिमालयन उर्जा विकास कम्पनी १ करोड ८५ लाख ४२ हजार, तेह्रथुम पावर कम्पनीको नोक्सानी ४४ लाख ३३ हजार, नेशनल हाईड्रोको १ करोड ७४ लाख ३७ हजार र दिव्यश्वरी हाईड्रोको १ करोड ७३ लाख ६४ हजार रुपैयाँ छ ।

नोक्सानीमा रहेका कम्पनीमा अपर तामाकोशीले केही समयअघि मात्रै विद्युत् उत्पादन शुरु गरेको छ । विद्युत उत्पादनमा नगएका कम्पनीमा रिभर फल्स, मध्ये भोटेकोशी, रसुवावढी हाईड्रोपावर कम्पनी रहेको छ । हिमालयन उर्जा विकास कम्पनी र सान्जेन जलविद्युत कम्पनीले विद्युत विक्री गरेर असार मसान्तसम्म क्रमशः १ करोड ८७ लाख ७१ हजार २५२ र ५ हजार रुपैयाँ आर्जन गरेका छन् ।


क्लिकमान्डु