सेयर बजारमा छायो हरियाली, जलविद्युत कम्पनीको कारोबारमा सकारात्मक सर्किट



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार मापन गर्ने सूचक २७.७२ अंकले बढेको छ ।
कारोबारको सुरुदेखि करिब २ घन्टा स्थिर रुपमा रहेको बजार २ घन्टा पछि बढ्न थालेको थियो । अन्तिम समयमा बजारमा हरियाली छाएको छ । बजार २७.७२ अंकले बढेर परिसूचक २०६८.४२ बिन्दुमा रोकिएको छ ।
२२० कम्पनीको ५१ लाख १ हजार २९० कित्ता सेयर २ अर्ब ५ करोड ७९ लाख ८० हजार ५६ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा सबै समूहको उपसूचक बढेको छ । बैंकिङ समूहको ७.६१, विकास बैंक ११७, वित्त कम्पनी ५३.९३, जलविद्युत ७२.३४, जीवन बीमा ५२.२०, उत्पादन तथा प्रशोधन समूहको ५३.२०, माइक्रोफाइनान्स ६१.४१, निर्जीबन बीमा समूहको उपसूचक ५६.५० अंकले बढेको छ ।

बजारमा हरियाली छाउँदा मदाङकिनी हाईड्रोपावर, अपर सोलु हाईड्रो, स्वेत गंगा हाईड्रोपावर, अपर हेवाखोला हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमको आधारमा अगाडि रिडी हाईड्रोपावर कम्पनी रहेको छ । कम्पनीको १० करोड ४३ लाख ५८ हजार रुपैयाँको सेयर बिक्री भएको छ । दोस्रो र तेस्रो स्थानमा अपी पावर र शिवम् सिमेन्ट रहेको छ ।


क्लिकमान्डु