उत्पादन बिक्रीबाट हुने आम्दानीसँगै घट्यो साल्ट ट्रेडिङको नाफा



काठमाडौं । गत आर्थिक वर्षमा साल्ट ट्रेडिङ कर्पोरेसनको नाफा २१.१५ प्रतिशतले घटेको छ ।

असार मसान्तसम्म कम्पनीको नाफा २१.१५ प्रतिशतले घटेर ३ करोड ७७ लाख ८५ हजार रुपैयाँमा सिमित भएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा ४ करोड ७९ लाख २० हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको उत्पादन बिक्रीबाट हुने आम्दानी ७ अर्ब १७ करोड १ लाख १२ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा १० अर्ब ४० करोड ३५ लाख ८७ हजार रुपैयाँ रहेको थियो । उत्पादन बिक्रीबाट हुने आम्दानी घटेसँगै नाफामा असर परेको छ ।

२५ करोड ३५ लाख ३१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ३४ करोड ८३ लाख ६१ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ४३८ रुपैयाँ ७ पैसा रहेको छ ।


क्लिकमान्डु